कोलम्बियासँग रोकियो अर्जेन्टिना, उरुग्वे विजयी

11 Jun, 2025
Share:
117 Shares

यसअघि नै विश्वकपमा स्थान बनाइसकेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकप छनोटमा रोकिएको छ। बुधबार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग १–१को बराबरीमा रोकिएको हो।

खेलम अग्रता कोलम्बियाले लियो। १४औं मिनेटमा उसका लुइस डियाजले गोल गरेका थिए। यो अग्रतालाई उसले ८० मिनेटसम्म कायम राखेको थियो। ८१औं मिनेटमा थिएगो अल्माडाले अर्जेन्टिनाका लागि बराबरी गोल गरेका थिए।

त्यसअघि ७०औं मिनेटमै १० खेलाडीमा समेटिपछि अर्जेन्टिना दबाबमा परेको थियो। उसका इन्जो फर्नान्डेसले सिधै रातो कार्ड पाएका थिए।

यस्तै अर्को खेलमा उरुग्वे विजयी भएको छ। उसले भेनेजुएलालाई २–०ले हरायो। उसका लागि ४३औं मिनेटमा रोड्रिगो अगुइरे र ४७औं मिनेटमा जर्जिअन डे अरस्काइटाले गोल गरेका थिए।

अर्को खेलमा १० खेलाडीमा समेटिएको इक्वेडरले पेरुसँग गोलरहित बराबरी खेलेको छ।

अंक तालिकामा ३५ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा रहँदा इक्वेडर २५ अंकसहित दोस्रो स्थानमा छ । उरुग्वे २४ अंकसहित चौथो स्थानमा रहँदा कोलम्बिया २२ अंकसहित छैठौं स्थानमा छ।