आयोजक अमेरिका पराजित

28 Jun, 2024

कोपा अमेरिकामा घरेलु टोली अमेरिका पराजित भएको छ। शुक्रबार विहान सकिएको खेलमा अमेरिका पानामसँग २–१ गोल अन्तरले पराजित भएको हो।

अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ। सुरुआतमै १० खेलाडीमा समेटिएपछि अमेरिका दबाबमा आएको थियो। अमेरिका १८औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। टिमोथी वेहले रातो कार्ड पाएका थिए।

१० खेलाडीमा समेटिए पनि अमेरिकाले २२औं मिनेटमा सुरुआती अग्रता लियो। फ्लोरेन बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।

१ गोलको अग्रता अमेरिकाले धेरैबेर भने जोगाउन सकेन। पानामका सिसर ब्ल्याकम्यानले २६ औं मिनेटमा बराबरी गोल गरेका थिए।

जोसे फजार्डो नेल्सनले अब्दिएल अरमान्डो आयार्जा बोकेनेग्राकोे पासमा ८३औं मिनेटमा गोल गरेपछि पानामा २–१ ले अघि बढेको थियो।

८८औं मिनेटमा अडाल्बर्टो केराक्किलाले रातो कार्ड पाएपछि पानामा पनि १० खेलाडीमा समेटिएको थियो।

जितसँगै पानामाले पहिलो ३ अंक जोडेको छ। समूह सीमा पानामा तेस्रो स्थानमा छ भने पराजित भएको अमेरिका समान ३ अंकका साथ दोस्रो स्थानमा छ।

यही समूहमा उरुग्वे पनि तीन अंकका साथ शीर्ष स्थानमा रहँदा बोलिभियाभने अंकवीहिन हुँदै तालिकाको पुच्छारमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]