कोलम्बिया कोपा अमेरिकाको नकआउटमा

29 Jun, 2024
Share:
117 Shares

कोलम्बिया कोपा अमेरिका फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा कोस्टारिकालाई ३–०ले हराउँदै कोलम्बिया एक खेल अगावै कोलम्बिया नकआउटमा प्रवेश गरेको हो।

कोलम्बियाले ३१औं मिनेटमा अग्रता लियो। कोस्टारिकाका गोलकिपर पेट्रिक सेक्वेराले कोलम्बियाका जोन कोर्डोबालाई फल गरेपछि प्राप्त लुइस डियासले गोल गर्दै टिमलाई अग्रता दिलाए।

प्हिलो हाफ १–० मा सकिएको खेलमा कोलम्बियाले दोस्रो हाफ २ गोल गरेको थियो। ५९औं डेविसन सान्चेजले टिको अग्रता दोब्बर बनाए। ६२औं मिनेटमा जोन कोर्डोबाले कोलम्बियाको अग्रता ३–० बनाए।

त्यसपछि गोल नहुँदा कोलम्बिया ३–०ले विजयी भयो।

समूह चरणको अन्तिम खेलमा जुलाई ३ तारिखमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वे आमने सामने हुनेछन्।