भिनिसियस चम्किँदा ब्राजिलको सानदार जित

29 Jun, 2024

स्टार स्ट्राइकर भिनिसियस जुनियर चम्किएपछि कोपा अमेरिका फुटबलमा ब्राजिलले सानदार जित निकालेको छ। शनिबार बिहान भएको खेलको खेलमा भिनिसियसले २ गोल गरेपछि ब्राजिलले पाराग्वेमाथि ४–१को सानदार जित निकाल्यो।

यो जितसँगै ब्राजिलको नकआउट सम्भावना बलियो बनेको छ। अघिल्लो खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको थियो।

ब्राजिलको जितमा भिनिसियसका अलावा लुकास पक्वेटा र साभिओले गोल गरे भने पाराग्वेका ओमर अल्डेर्टेले गोल गरेका थिए।

खेलको ३१औं मिनेटमा लुकास पक्वेटा पेनाल्टीमा चुक्दा ब्राजिलले अग्रता लिने अवसर गुमायो। तर, त्यसको ४ मिनेट पछि नै पक्वेटाकै पासमा भिनिसियसले ब्राजिललाई अग्रता दिलाए। ४३औं मिनेटमा साभिओले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। इन्जुरी समयको पाँचौं मिनेटमा भिनिसियसले नै ब्राजिलको अग्रता ३–० बनाए।

दोस्रो हाफको सुरुआतमै अल्डेर्टेले गोल गर्दै पराग्वेलाई खेलमा फर्काउने प्रयास गरे। उनले पेनाल्टीमा गोल गरेका थिए। तर, ६५ औं प्राप्त पेनाल्टीमा पक्वेटाले कुनै गल्ती नगरी गोल गर्दा ब्राजिलले ४–१को अग्रता लियो। त्यसपछि गोल नुहँदा ब्राजिलल विजयी भयो।

अब समूहको अन्तिम खेलमा ब्राजिलले कोलम्बियासँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]