मेसी चम्किँदा अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

10 Jul, 2024
Share:
117 Shares

लिओनल मेसी प्रेरित अर्जेनिटना कोपा अमेरिका फुलटबलको फाइनलमा प्रवेश गरेको छ।

अमेरिका जारी प्रतियोगितामा बुधबार बिहान भएको खेलमा क्यानडामाथि २–०को जित निकाल्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा पुगेको हो। योसँगै अर्जेन्टिना ठूला प्रतियोगितामा लागतार तेस्रो पटक फाइनलमा पुगेको छ। उसले २०२१ को कोपा र २०२२ को विश्वकप फाइलनको उपाधि जितेको थियो।

अर्जेन्टिनालाई लागतार दोस्रो पटक फाइनल पुर्‍याउने क्रममा मेसीसँगै जुलियन अल्भारेजले गोल गरे।

२१औं मिनेटमा अल्भारेजको गोलमा अर्जेन्टिनाले अग्रता लियो। उनले रोड्रिगो डे पाउलको पासमा गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।,

५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा मेसीले टिमको अग्रता दोब्बर बनाए। जारी प्रतियोगितामा मेसीको यो पहिलो गोल हो।

सोमबार बिहान हुने फाइलनमा अर्जेन्टिनाले उपाधिका लागि उरुग्वे र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ। यो खेल भोलि बिहान हुनेछ।