राड्रिगेज भने सर्वोत्कृष्ट खेलाडी, मार्टिनेले जिते गोल्डेन बुट

15 Jul, 2024
Share:
117 Shares

टिमलाई उपाधि दिलाउन नसकेपनि कोलम्बिया कप्तान जेम्स रोड्रिगेज कोपा अमेरिका २०२४ को सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेका रोड्रिगेजले प्रतियोगितामा १ गोल र ६ असिस्ट गरेका थिए। एकै सिजन यो सर्वाधिक असिस्ट हो। सोही प्रदर्शनका आधारमा उनी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल पाए।

यस्तै, उनी गोल्डेन बल अवार्ड जित्ने दोस्रो कोलम्बियन खेलाडी बनेका छन्। यसअघि सन् १९८७ मा कार्लोस भाल्डेरामाले गोल्डेन बल जितेका थिए।

२३ वर्षपछि फाइनल पुगेको उनको टिम कोलम्बिया अतिरिक्त समयमा अर्जेन्टिनासँग १–० ले पराजित हुँदै उपाधिबाट भने वञ्चित भएको थियो।

यस्तै, प्रतियोगिताको गोल्डेन बुट भने अर्जेन्टिनाका लाउटारो मार्टिनेजले जितेका छन्। फाइलनसहित उनले कुल ५ गोल गरेका थिए।