कोपा अमेरिकामा भेनेजुएला र इक्वेडर विजयी

27 Jun, 2024

जारी कोपा अमेरिका फुटबलमा दुई दक्षिण अमेरिकी टिम भेनेजुएला र इक्वेडर विजयी भएका छन्।

बिहीबार बिहान भएको भएको खेलमा भेनेजुएलाले बलियो मेक्सिकोमाथि १–०को जित निकाल्यो। यो जितसँगै लागतार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५७औं मिनेटमा भेनेजुएलाले अग्रता लियो। प्राप्त पेनाल्टीमा उसका सलोमोन रोन्डोनले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा भेनेजुएला विजयी भयो।

यही समूहको अर्को खेलमा इक्वेडरले जमैका माथि ३–१को जित निकाल्यो। खेलमा इक्वेडरका लागि केन्ड्री पाज र अलान मिन्डाले गोल गरे भने एक गो आत्मघाती भएको थियो। जमैकाका लागि मिचाइल एन्टोनियोले गोल गरेका थिए।

समूहमा बीमा ६ अंकसहित भेनेजुएला शीर्ष स्थानमा छ भने इक्वेडर ३ अंकसहित दोस्रो र ३ अंक नै जोडेको मेक्सिको तेस्रो स्थानमा छ। जमैका भने अंकबिहीन छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]