‘रोनाल्डोलाई आराम आवश्यक छैन’

युभेन्ट्सका पूर्व स्टार खेलाडी एन्जेलो डि लिभियो युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई अहिले नै आराम आवश्यक नभएको बताएका छन् । लिभियोले एक अन्तर्वार्ताका क्रममा रोनाल्डो प्रत्येक खेलमा ९० मिनेट नै मैदानमा बितान सक्षम भएको बताएका छन् ।

कुराकानीका क्रममा उनले भनेका छन्, ‘रोनाल्डो अहिले पनि उत्तिकै फिट छन्, जति उनी ३/४ वर्षअघि थिए । त्यसैले उनलाई प्रत्येक खेलमा मौका दिनुपर्छ । रोनाल्डोलाई प्रत्येक खेलमा मैदानमा उतार्नु युभेन्ट्सका लागि पनि फाइदान जनक छ ।’

पाँच पटकका फिफा बालोन डी ओ’र विजेता रोनाल्डो यो सिजन निकै फर्ममा छन् । उनले कोरोना भाइरसका कारण सिरिए रोकिने अघि २२ खेलमा २१ गोल गरेका छन् । ३ असिस्ट गरेका छन् । लिभियोले रोनाल्डोजस्ता क्षमतावान मौका दिन प्रशिक्षक पनि चुक्न नहुने बताएका छन् ।

‘रोनाल्डोलाई हरेक खेलमा मौका दिन प्रशिक्षक चुक्नु हुँदैन,’ लिभियोले अन्तर्वार्ताका क्रममा भने, ‘उनी अहिले पनि लयमा छन् । उनले खेल्न सक्छन् र क्लबका लागि त्यो राम्रो हो । उनी मैदानमा हुने अन्य खेलाडीमा उर्जा थपिन्छ ।’

१९९३ देखी १९९९ सम्म युभेन्ट्सबाट खेलेका लिभियोले रोनाल्डोलाई जति मैदानमा प्रयोग ग¥यो उति टिमलाई फाइदा हुने बताए । ‘उनी निकै माथिल्लो स्तरको खेलाडी हुन्, यो सबैलाई थाहा छ । एक जनाले टोलीमा ठूलो फरक पार्न सक्छ, त्यो क्षमता रोनाल्डोमा छ,’ लिभियोले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *