ब्राजिलियन मिफिल्डर लुइस युभेन्ट्समा

30 Jun, 2024
Share:
117 Shares

ब्राजिलियन स्टार मिडफिल्डर डग्सल लुइस इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका छन्। २६ वर्षीय मिडफिल्डर लुइस इंग्लिस क्लब एस्टन भिल्लाबाट इटालियन जायन्ट युभेन्टसमा आबद्ध भएका हुन्।

लुइसका लागि युभेन्ट्सले ५० मिलियन युरो खर्चिएको छ। युभेन्टससँग ५ वर्षको सम्झौता गरेको लुइस सन् २०२९ सम्म क्लबमा रहनेछन्।

ब्राजिलिय टिमका नियमित सदस्य रहेका लुइस सन् २०१९ मा म्यान्चेस्टर सिटीबाट एस्टन भिल्ला पुगेका थिए। त्यसअघि उनले २ सिजन लोनमा स्पेनिस क्लब जिरोनामा बिताएका थिए।

भिल्लामा ५ सिजन बिताउँदा उनले ३०४ खेल खेल्दै २२ गोल गरेका छन्। पछिल्ला २ सिजन लुइसले उत्कृष्ट लयमा छन्।

युभेन्ट्समा आबद्ध भएपछि एलिनाज एरिनामा खेल्न आफू एकदमै उत्साहित रहेको बताएका छन्।