डुरान्डा कपमा त्रिभुवन आर्मीको लागतार दोस्रो हार

10 Aug, 2024
Share:
117 Shares

नेपालको त्रिभुवन आर्मी एफसीले भारतमा जारी डुरान्ड कप फुटबलमा लगातार दोस्रो हार व्यहोरेको छ। समूह एफको आफ्नो दोस्रो खेलमा आर्मी एफसी गोवासँग २–१ ले पराजित भएको हो ।

यसअघि पहिलो खेलमा आर्मी घरेलु टोली शिलोङ लाजोङसँग १–० को हार बेहोरेको थियो। मेघालयस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलको पहिलो मिनेटमै आर्मीले गोल खाएको थियो।

गोवाका लागि अबाविहले पहिलो मिनेटमै गोल गरेका थिए। यस्तै ५०औं मिनेटमा शितरोएले गोल गर्दै गोवाको अग्रता दोब्बर पारे। आर्मीका लागि बसन्त जिम्बाले ६६औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए। तर त्यसपछि गोल थप्न सकेन।

लगातार दोस्रो हारपछि आर्मीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि सकिएको छ।

दुई खेलबाट आर्मी अंकविहिन छ। ६ समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा ६ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट २ टोली क्वाटरफाइनल प्रवेश गर्नेछन् ।

आर्मीले समूह चरणको अन्तिम खेल १३ अगस्टमा घरेलु टोली रङ्दाजेइद युनाइटेड एफसीसँग खेल्नेछ।