ला लिगाकाे निर्णायक ‘एल क्लासिको’ आज, रियलले रोक्न सक्ला यमाल र राफिन्हाको गति?

11 May, 2025
Share:
117 Shares

विश्व फुटबलको सबैभन्दा चर्चित प्रतिस्पर्धा ुएल क्लासिकोु आज हुँदैछ। ला लिगाको उपाधि होडमा रहेका दुई क्लब बालर्सिलोना र रियल म्याड्रिडको ‘एल क्लासिको’ बार्सिलोनाको घरेलु मैदान ओलिम्पिक लुइस कम्पानिस स्टेडियममा नेपाली समयअनुसार राति ८ः०० बजे हुँदैछ।

ला लिगाको उपाधिमा यात्रामा निर्णायक रहेकाले यो एल क्लासिकोलाई अझ महत्वका साथ हेरिएको छ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाले यो सिजनमा रियलविरुद्धको सबै तीन ‘एल क्लासिको’ जितेर मनोवैज्ञानिक र तथ्यांकगत फाइदा लिएको छ। यो खेल जितेर बार्सिलोना ७ अंकको अग्रता बनाउन चाहन्छ, जबकि रियल म्याड्रिड पहिलो ‘एल क्लासिको’ जित निकाल्दै उपाधि दौडमा फर्कन आतुर छ।

यो सिजन भएका एल क्लासिकोमा बार्सिलोना हावी छ। यसअघि भएका तीनै एल क्लासिकोमा बार्सिलोना विजयी भएको छ। उसले ला लिगाको एल क्लासिको ४–०ले जितेको थियो भने सुपर कोपा फाइनल ५–२ र कोपा डेल रे फाइलन ३–२ले जितेको थियो।

प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले गतिशील र आक्रामक फुटबल खेलिरहेको छ। उसका लागि लमिन यामाल, राफिन्हा, पेड्रीलगायतका खेलाडी महत्वपूर्ण छन्। अघिल्लो साता मात्र प्राप्त च्याम्पियन्स लिग सेमिफाइनलको हारले भने बार्सिलोको प्रदर्शनलाई असर गर्न सक्छ। जसमा बार्सिलोन ७–६ले इन्टर मिलानसँग पराजित भएको थियो।

यता, कार्लो एन्सेलोटीको प्रशिक्षमा रहेको रियलका लागि भिनिसियस जुनियर, किलियन एम्बाप्पे, जुड बेलिङ्घम, फेडेरिको भाल्भर्डे, थिवो कोर्टुवा लगायतको भूमितका महत्वपूर्ण छ। बार्सिलोनाविरुद्ध निर्णायक खेलमा पहिलो रोजाईको डिफन्डर बिनै रियल मैदान उत्रनै छ। त्यसले उसलाई समस्या बनाउन सक्छ।

यो सिजन खबरा प्रदर्शन गरिरहेको उपाधि आशा ला लिगामा मात्रै बाँकी छ। त्यसैले ऊ आज बार्सिलोनलाई हराउँदै शीर्षस्थानको दुरी १ अंकमा झार्दै उपाधि आशालाई जिवितै राख्न चाहन्छ। आज पराजित भए रियलका उपाधि सम्भावना सकिने छ।

अहिलेसम्म रियल र बार्सिलोनाबीच २६० खेल भएका छन्। जसमा रियलले १०६ खेल जित्दा बार्सिलोनाले १०३ खेल जितेको छ। यी दुई बीचको ५१ खेल भने बराबरीमा सकिएको छ।

बार्सिलोनाको घरेलु मैदान, यो सिजनको ‘एल क्लासिको’ मा पूर्ण वर्चस्व, र मिडफिल्डको बलियो नियन्त्रणले उनीहरूलाई बलियो बनाउँछ। रियलको आक्रमण शक्तिशाली छ, तर सुपरकोपाको हार र रक्षात्मक कमजोरीले उनीहरूलाई पछाडि पार्न सक्छ।