म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। बर्नमाउथलाई ६–१ को सानदार जित निकाल्दै सिटी शीर्ष स्थानमा उक्लिएको

शनिबार राति घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा युवा खेलाडी जेरेमी डोकु चम्कँदा सिटीले फराकिलो जित हात पारेको हो।

खेलमा एक गोल गरेका डोकुले चार असिस्ट गरेका थिए । यस्तै बर्नानर्डो शिल्भाले दुई गोल गरे भने मानुएल अकान्जी, फिल फोडेन र नाथन एकेले पनि गोल गरे।

डोकुले ३०औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनकै पासमा बर्नाडोले ३३औं र अकान्जीले ३७औं मिनेटमा गोल गर्दै सिटीले पहिलो हाफमै तीन गोलको अग्रता बनायो । त्यसपछि फोडेनले ६४औं र बर्नानर्डोले ८३औं मिनेटमा पासमै डोकुकै पासमा गोल गरे । ८८औं मिनेटमा एकेले गोल गरे ।

बर्नमाउथका लागि लुइस सिनिस्टेराले ७४औं मिनेटमा एक गोल फर्काए ।

यता, दोस्रो स्थानमा रहेको अर्सनल न्युकासलसँग १–०ले पराजित भयो। घरेलु मैदानमा न्युकासललाई जित दिलाउन एन्टोनी गोर्डनले ६४औं मिनेटमा गोल गरे।

११ खेलबाट २७ अंक जोड्दै सिटी शीर्ष स्थानमा उक्लेको हो। एक खेल कम खेलेको टोटनहम २६ अंकसहित दोस्रो स्थानमा छ। पराजित आर्सनल २४ अंकसहित तेस्रो स्थानमा छ।

Back To Top