इंग्लिस प्रिमियर लिगको पहिलो गेम विकको अन्तिम खेलमा टोटमह र लेस्टर सिटीले बराबरी खेलेका छन्। जेमी भार्डेले दोस्रो हाफमा गरेको गोलमा लेस्टर सिटीले टोटनहमलाई १–१ को बराबरीमा रोकेको हो।
खेलमा टोटनहमले शृंखलाबद्ध आक्रमण बुनेपनि खेल आफ्नो पक्षमा बनाउन सकेन।
२९औं मिनेटमा पेड्रो पोरेसको गोलमा टोटनहमले अग्रता लिएको थियो। किंग पावर स्टेडियममा भएको खेलमा भार्डीले ५७औं मिनेटमा हेडिङ मार्फत बराबरी गोल फर्काए।
प्रिमियर लिगका १७ खेलमा ३७ वर्षीय भार्डेले टोटनहमविरुद्ध नौ गोल गरेका छन्।
गत सिजन टोटनहम पाँचौं स्थानमा रहेको थियो। लेस्टर भने च्याम्पियनसिप लिग जित्दै एकै वर्षको अन्तरमा प्रिमियर लिगमा फर्केको हो।
