प्रियिमर लिगमा न्युकासलले टोटनहमलाई हरायो, चेल्सी रोकियो

1 Sep, 2024
Share:
117 Shares

इंग्लिस प्रियिमर लिगमा न्युकासल युनाइटेड विजयी भएको छ। आइतबार साँझ भएको खेलमा न्युकासलले टोटनहममाथि २–१को जित निकाल्यो।

हार्वी ब्रनेसले ३७औं मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो।

५६औं मिनेटमा डान ब्रुनले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१को बराबरीमा आयो। ७८औं मिनेटमा एलेजान्डर इसाकले गोल गर्दै न्युकासललाई २–१को जित दिलाए।

यस्तै, अर्को खेलमा चेल्सी बराबरीमा रोकिएको छ। घरेलु मैदानमा चेल्सी क्रिस्टल प्लालेससँग १–१को बराबरीमा रोकिएको हो।

खेलमा २५औं मिनेटमा कोल पाल्मरको पासमा निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, ५३औं मिनेटमा बेरेची एजेले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

३ खेलमा २ जित निकालेको न्युकासले ७ अंक जोडेको छ भने टोटनहको ४ अंक मात्र छ। यता, चेल्सीको पनि ३ खेलमा ४ अंक छ भने क्रिस्टल प्यालेसको १ अंक मात्र छ।