आर्सनल शीर्ष स्थानमा, चेल्सीको लज्जास्पद हार

26 Nov, 2023

म्यान्चेस्टर सिटी र लिभरपुल बराबरीमा रोकिएको फाइदा उठाउँदै आर्सनल प्रियिमर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई १–०ले हराएसँगै आर्सनल सिटी र लिभरपुललाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो।

ब्रेन्टफोर्डलाई अधिकांश समय दबाबमा राखेपनि जितका लागि आर्सनलले अन्तिम समयसम्म पर्खनु परेको थियो। उसका काइ हाभट्र्जले ८९औं मिनेटमा बुकायो साकाको पासमा निर्णायक गोल गरेका थिए।

काई हाभार्टले खेलको अन्त्यतिर गरेको गोल मद्दतमा लण्डन क्लब आर्सनलले प्रिमियर लिगमा ब्रेन्फोर्डलाई १(० ले पराजित गरेको छ ।

यो जितपछि १३ खेलबाट ३० अंक जोडेर आर्सनल शीर्ष स्थानमा उक्लेको छ। समान खेलबाट २९ अंकसहित म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ।

यता, अघिल्लो खेलमा लिग लिडर म्यान्चेस्टर सिटीलाई रोकेको चेल्सी भने न्युकासलसँग ४–१को लज्जास्पद हार बेहोर्न बाध्य भयो।

न्युकासलका लागि अलेक्जान्डर इसाक, जमल लेसलेस, जोएलिन्टन र एन्टोनी गोर्डनले गोल गरे भने चेल्सीका लागि रहिम स्टर्लिङले एक गोल फर्काए।

खेलको पहिलो हाफ १–१को बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा न्युकासलले खेल आफ्नो पकडमा पारेको थियो। रिस जेम्सले ७३औं मिनेटमा रातो कार्ड पाएपछि चेल्सी १) खेलाडीमा समेटिएको थियो।

जितपछि न्युकासल १३ खेलबाट २३ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । समान खेलबाट १६ अंकसहित चेल्सी दशौं स्थानमा छ ।