सिटीमाथि लिभरपुलको जित, सिटी लागतार सात खेलमा पराजित

2 Dec, 2024
Share:
117 Shares

पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको म्यान्चेस्टर सिटी पछिल्लो समय खराब फर्ममा छ। त्यसलाई सिटीले आइतबार राति पनि निन्तरता दियो।

आइतबार राति भएको खेलमा सिटी लिभरपुलसँग २–०ले पराजित भयो। यो सिटीको लगातार सातौं हार हो। यो हारपछि सिटी प्रियिमर लिगको उपाधिबाट टाढा हुँदै गएको छ।

घरेलु मैदानमा सिटीविरुद्ध जित दिलाउन सिटीका लागि कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरे। खेलमा दुवै हाफमा समान १ गोल भएको थियो।

१२औं मिनेटमा सलाहको गोलमा गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो। ७८औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गरेपछि लिभपुलले २–०ले विजयी भयो।

यो जितपछि लिभरपुले इपिएलको शीर्ष स्थानमा ९ रनको अग्रता बनाएको छ। लिभरपुलको ३४ अंक छ भने दोस्रो स्थानको आर्सनलको २५ अंक छ। सिटी भने २३ अंकसहित पाँचौं स्थानमा छ।

यस्तै, अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनमाथि ४–०को सहज जित निकाल्यो। उसका लागि मास्कस रास्फोर्ड र जेसुवा जेर्कजी समान २ गोल गरे।