एभर्टनले आर्सनलाई रोक्यो, न्युकासल विजयी

14 Dec, 2024
Share:
117 Shares

मिकेल अटेर्टाको टिम आर्सनल प्रिमियर लिगमा बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा आर्सनललाई एभर्टनले गोलरहित बराबरीमा रोकेको हो।

खेल अवधिभर एभर्टनमाथि दबाब बनाए पनि आर्सनलले गोल भने गर्न सकेन। उसले ७७ प्रतिशत बल पोजेसन बनाउँदै एभर्टनको पोस्टमा १३ सट प्रहार गर्दा ५ सट फ्रममा थियो। यता, एभर्टन २ सट प्रहार गरेकोमा कुनै सर्टपनि फ्रममा रहन सकेन।

१६ खेलमा ३० अंकसहित आर्सनल तेस्रो स्थानमा छ। एभर्टन १५ अंकसहित १५औं स्थानमै छ।

यस्तै, अर्को खेलमा न्युकासल विजयी भयो। उसले घरेलु मैदानमा लेस्टर सिटीमाथि ४-०को फराकिलो जित निकाल्यो। खेलमा न्युकासलले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

उसका लागि जाकोब मुअर्फीले २ गोल गरे भने ब्रुनो गुइमारेस र अलेजान्डर इसाकले पनि गोल गरेका थिए। न्युकासले २३ अंकसहि ११ औं स्थानमा छ भने लेस्टर १४ अंकसहित १६औं स्थानमा छ।

अर्को खेलमा इपस्विच टाउनले वुल्भ्सलाई २-१ ले हरायो। खेलमा इपस्विचका ज्याक टेलरले गोल गरेका थिए भने अर्को गोल म्याक डोहार्टीले आत्मघाती गोल गरेका थिए। यता, वुल्भ्सका म्याथिस कुन्हाले गोल गरेका थिए।