प्रिमियर लिगः सिटी र लिभरपुलको जित, चेल्सी ब्रेन्टफोर्डसँग पराजित

Read Time:2 Minute

इंग्लिस प्रिमियर लिगमा उपाधिका दाबेदार दुई टिम म्यान्चेस्टर सिटी र लिभरपुल विजयी हुँदा लन्डन क्लब चेल्सी भने पराजित भएको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नेलीलाई र लिभरपुलले वाटफोर्डलाई समान २–० ले हराउँदा चेल्सी ब्रेन्टफोर्डसँग ४–१को फाराकिलो अन्तरले पारजित भयो।

सिटीको जितमा केभिन डे ब्रुएनाले नवौं मिनेटमा पहिलो गोल गरेका थिए। २५ मिनेटमा गुन्डोगनले सिटीको अग्रता २–० मा पुर्‍याए। त्यसपछिका समयमा भने दुवै टोटीबाट थप गोल निस्किन सकेन।

शनिबार राति सम्पन्न खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० गोल अन्तरले हराएको हो। लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले एक–एक गोल गरे।

खेलको २२ औं मिनेटमा जोटाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिएका थिए। त्यसपछि खेलको ८९ औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए।

घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो । ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

५०औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ को अग्रता दिलाए। ६० औं मिनेटमा भिटाली र ८७ औं मिनेटमा विसाले गोल गरेपछि ब्रेन्टफोर्ड चेल्सीमाथि ४–१ को सानदार जित निकाल्यो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको सिटीले ३० खेलबाट ७३ अंक जोडेको छ। यता, दोस्रो स्थानको लिभरपुलको ७२ अंक छ। तेस्रो स्थानको चेल्सीको ५९ अंक छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ला लिगामा मड्रिडका दुई क्लबको जित
Next post कमलसिंह ऐरीका कुमको हड्डी भाँचियो, ६ साता मैदान बाहिर रहने
Close