प्रिमियर लिगमा लिभरपुल र चेल्सी रोकिए

15 Jan, 2025

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बराबरी खेलेका छन्। मंगलबार राति भएको खेलमा लिभपुलमा नटिङ्हम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा अग्रता सुरुआती अग्रता नटिङ्हमले लियो। ८औं मिनेटमा उसका क्रिस उडले गोल गरेका थिए। पहिलो हाफ १–० मै सकियो। ६६औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई खेलमा बराबरीमा ल्याएका थिए।

यता, चेल्सी घरेलु मैदानमै बोर्नेमाउथसँग २–२ गोलको बराबरी रोकियो।

खेलमा चेल्सीका लागि कोल पाल्मर र रेइस जेम्सले गोल गरेका थिए भने बोर्नेमाउटका जस्टिन कुलुवेर्ट र सेमेन्योले गोल गरेका थिए।

बराबरीपछि पनि युनाइटेडले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। २०लमा लिभरपुलको ४७ अंक छ भने दोस्रो स्थानको नटिङ्हमको २१ खेलमा ४१ अंक छ।

यता, चेल्सी भने ३७ अंकसहित चौथो स्थानमा रहँदा बोर्नेमाउथ ३४ अंकसहित सातौं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]