टोटनहममाथि आर्सनलको पुनरामगन जित, लिभरपुलसँगको दुरी घटायो

16 Jan, 2025
Share:
117 Shares

इंग्लिस प्रियिमर लिगमा आर्सनल विजयी भएको छ। बुधबार राति भएको ‘नर्थ लन्डन डर्बी’मा आर्सनलले टोटनहममाथि २–१को पुनरागमन जित निकाल्यो।

खेलका आर्सनलका लागि लिसान्द्रो ड्रोसार्डले गोल गरेका थिए भने अर्को गोल आत्मघाती भएको थियो। यता, टोटनहमका सन ह्युङ मिनले गोल गरेका थिए।

खेलमा अग्रता सनको गोलमा २५औं मिनेटमा टोटनहमले लियो। तर, ४०औं मिनेटमा डोमनिक सोलन्कीले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनलले खेलमा फर्कियो। ४४औं मिनेटमा ट्रोसार्डले गोल गर्दै पहिलो हाफमै आर्सनललाई अग्रता दिलाए।

दोस्रो हाफमा दुवै टिमले गोलको प्रयास गरेपनि थप गोल हुन नसक्दा आर्सनल २–१ले विजयी भयो।

यो जितसँगै अर्सानलले शीर्ष स्थानको लिभरपुलसँगको दुरी ४ अंकमा झारेको छ। २१ खेलमा आर्सनल ४३ अंकसहित दोस्रो स्थानमा छ भने लिभरपुलको २० खेलमा ४७ अंक छ। यता, टोटनहम भने २४ अंकसहित १३औं स्थानमा छ।