ब्रेन्टफोर्डसँग रोकियो आर्सनल, सिटीको उत्कृष्ट पुनरगमन जित

13 Apr, 2025
Share:
117 Shares

इंग्लिस प्रियिमर लिगमा आर्सनल बराबरीमा रोकिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनल ब्रेन्टफोर्डसँग १–१को बराबरीमा रोकिएको हो।

खेलमा आर्सनलका लागि थोमस पार्टे र ब्रेन्टफोर्डका योआन विसाले गोल गरेका थिए। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

६१औं मिनेटमा पार्टेको गोलमा आर्सनलले सुरुआती अग्रता लियो। तर, ७४औं मिनेटमा विसाले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए। त्यसपछि खेलमा गोल नहुँदा खेल बराबरीमै सकियो।

यस्तै अर्को खेलमा म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ५–२ले जित निकाल्यो। उसले खेलमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै ५–२को जित निकालेको हो।

खेलमा सिटीका लागि डेविन डे ब्रुयने, ओमार मारमौस, माटेओ कोभासिच, जेम्स म्याकटी र निक ओरिलीले गोल गरेका थिए। न्युकासलका इबेरेची एजे र क्रिस रिचार्डसले गोल गरेका थिए।

अन्य खेलमा ब्रेनफोर्ड र लेस्टर सिटीले २–२ गोलको बराबरी खेले भने एभर्टनले नटिङ्हम फरेस्टमाथि १–०को जित निकाल्यो। यता, एस्टन भिल्लाले साउथ ह्याम्पटनलाई ३–०ले हरायो।