युनाइटेड र टोटनहम पराजित, लेस्टरसँग रोकियो नटिङ्हम

12 May, 2025
Share:
117 Shares

प्रिमियर लगमा म्यान्चेस्टर युनाइटेड र टोटनहमले खराब प्रदर्शनलाई निरन्तरता दिएका छन्। आइतबार भएको खेलमा दुवै टिम समान २–०को अन्तरमा पराजित भए।

घरेलु मैदानमा भएको खेलमा युनाइटेड वेस्टहमसँग २–०ले पराजित भयो। खेलमा वेस्टहममाका लागि २६औं मिनेटमा टोमस सोउसेक र ५७औं मिनेटमा गोल गरेका थिए।

यस्तै, टोटनहम पनि घरेलु मैदानमा क्रिस्टल प्यालेससँग २–०ले पराजित भयो। प्यालेसका इबेरेची इजेले ४५ र ४८औं मिनेटमा गोल गरेका थिए।

यो हारपछि युनाइटेड र टोटनहम रेलिगेसन जोनबाट ठीकमाथि मात्र छन्। ३८ अंकसहित टोटनहम १७औं र युनाइटेड १६औं स्थानमा छ।

लिगमा खराब प्रदर्शनका बाबजुद दुवै टिम युराेपा लिग फाइनलमा पुगेका छन्।

यता, आधा सिजनभन्दा बढी उत्कृष्ट प्रदर्शन गरेको नटिङ्हम फरेस्ट पछि एक महिना यता खराब प्रदर्शन गरिरहेको छ। यही क्रममा नटिङ्हम रेलिगेशन भइसकेको लेस्टर सिटीसँग २–२को बराबरीमा रोकियो।

सुरुआती ३० खेलमा ४ हार व्यहोरोको नटिङ्हमले अप्रिल यता ६ मध्ये खेलमा ४ हार व्यहोरोको छ। उसले ६ खेलमा २ अंक मात्र जोडेको छ। यो यो नतिजापछि ऊ तेस्रो स्थानबाट सातौंमा झरेको छ। च्याम्पियन्स लिगको दौडमा रहेको नटिङ्हमको युरोपा लिग सम्भावना पनि कमजोर बनेको छ। उसको ६२ अंक छ।