जर्जियाले पोर्चुगललाई हरयो, पोर्चुगल शीर्ष स्थारनमै, टर्कीले चेकियालाई हरायो

27 Jun, 2024
Share:
117 Shares

समूमको अन्तिम खेलमा पोर्चुगललाई हराउँदै जर्जिया नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा पोर्चुगललाई २–०ले हराउँदै जर्जिया नकआउट चरणमा पुगेको हो।

तर, हारका बाबजुद पोर्चुगल समूह एफको विजेता बनेको छ। उसले यसअघिका २ खेल जितेको थियो।

पोर्चुगलविरुद्ध जर्जियालाई जित दिलाउन ख्रिचा काबराजखैया र जर्गेस मिकाउटाड्जले गोल गरे। काबराजखैयाले दोस्रो मिनेटमै जर्जियालाई अग्ता दिलाएका थिए। त्यसपछि मिकाउटाड्जले ५७औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरेका थिए।

यही समूहको अर्को खेलमा ९ खेलाडीमा समेटियो चेकियामाथि टर्की विजयी भएको छ। टर्कीले चेकियालाई २–०ले हरायो।

२०औं मिनेटमै एन्टोनिन बाराकले रातो कार्डा पाएपछि चेकिया १० खेलाडीमा समेटिएको थियो। ५१औं मिनेटमा हाकन जोलुनोलुले टर्कीलाई अग्रता दिलाए। तर, ६६औं मिेनटमा टोमस सोउचेकले गोल गर्दै खेलालाई १–१को बराबरीमा लाए।

बराबरीतर्फ उन्मूख खेलमा इन्जुरी समयको चौथो मिनेटमा सेन्क टोसुनले गोल गर्दै टर्कीलाई अग्रता दिलाए। इन्जुरी समयकै आठौं मिनेटमा टोमस चोरीले रातो कार्ड पाएपछि चेकिया ९ खेलाडीमा समेटिएको थियो।

यो समूहबाट पोर्चुगल समूह विजेताका रुपमा नकआउटमा पुग्दा टर्की उपविजेता बन्यो। यता, पोर्चुगललाई हराएको जर्जिया तेस्रो स्थानको उत्कृष्ट चारमा रहँदै नकआउटम पुगेको हो।

अब नकआउटमा पोर्चुगल स्लोभाकिया, टर्कीले अस्ट्रिया र जर्जियाले स्पेनसँग खेल्ने छ।