डेनमार्कलाई हराउँदै जर्मनी युराेकपकाे क्वाटरफाइनलमा

30 Jun, 2024
Share:
117 Shares

आयोजक जर्मनी युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थान पक्का गरेको हो। जर्मनीको जीतमा काइ हाभार्ट्ज र जमाल मुसियालाले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको हो। मैदानको ठीकमाथि विजुली चम्किएपछि पहिलो हाफको खेल ३५ मिनेटमा चलिरहँदा रेफ्रिले खेल केही समय रोकेका थिए।

५३औं मिनेटमा हाभर्ट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। जर्मनीका डेभिड रोमले गरेको प्रहार बल डेनमार्ककका जाओचिम एन्डर्सनको हातमा लागेपछि भारमार्फत जर्मनीले पेनाल्टी पाएको थियो। जसमा हाभार्ट्जले गोल गरेका थिए।

६८औं मिनेटमा मुसियालाले गोल गरेपछि घरेलु टोली जर्मनी २–० को सहज अवस्थामा पुगको थियो। खेल डेनमार्कले पनि गोलको अवसर सिर्जना गरेको गरेपछि गोल भने गर्न सकेन।

अब जर्मनीले क्वाटरफाइनलमा स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ।