रोमानियालाई हराउँदै नेदल्यान्ड्स युरोकपको अन्तिम ८मा

3 Jul, 2024

नेदरल्यान्ड जर्मनीमा जारी युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। वैकल्पिक खेलाडी डोनयल मालेनको दुई गोल गरेपछि रोमानियालाई ३–०ले हराउँदै नेदरल्यान्ड्स अन्तिम ८मा प्रवेश गरेको हो।

म्युनिखस्थित एलिएन्ज एरेनामा २०औं मिनेटमै कोडी गाक्पोको गोलमा नेदरल्यान्ड्सले अग्रता लियो । त्यसपछि अन्तिम १० मिनेटमा नेदरल्यान्ड्सले दुई गोल गरेको थियो।

मालेनले ८३औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे भने इन्जुरी टाइमको तेस्रो मिनेटमा मालेन नै गोल गरेपछि नेदरल्यान्ड्स ३–० ले विजयी भयो।

बेल्जियम ,स्लोभािकयालाई युक्रेनलाई पछि पार्दै समूहमा समूह विजेता बन्दै नकआउट चरण पुगेको रोमानियाले त्यही प्रदर्शन दोहोर्‍याउन सकेन।

नेदरल्यान्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]