सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

अस्ट्रियालाई स्तब्ध बनाउँदै टर्की १६ वर्षपछि युरोकपको क्वार्टरफाइनलमा

टर्की जारी युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति उत्कृष्ट लयमा रहेको अस्ट्रियामाथि २–१को जित निकाल्दै टर्की क्वार्टरफाइलनमा प्रवेश गरेको हो।

योसँगै टर्कीले १६ वर्षपछि नकआउटमा स्थान बनायो। टर्कीको जितमा दुवै गोल सेन्ट्रल डिफेन्डर मेरिह डेमिरले गरे।

लाइपिजगको मैदानमा भएको खेलमा पहिलो मिनेटमै डेमिरले टर्कीलाई अग्रता दिलाए। तर, एक गोलले पछि परेपछि अस्ट्रियाले टर्कीमाथि दबाब बनायो। तर, पहिलो हाफ थप गोल हुन सकेन।

डेमिरले नै ५९औं मिनेटमा गोल गर्दै खेलमा टर्कीको अग्रता दोब्बर बनाए। ६६औं मिनेमा मिचेल ग्रेगोरिट्सले गोल गर्दै अस्ट्रियालाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसफछि गोल नहुँदा टर्की विजयी भयो।

अब टर्कीले क्वार्टरफाइनलमा नेदरल्यानड्साग खेल्ने छ।

1.3Kशेयर