युरोकप सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्ड भीड्दै

10 Jul, 2024
Share:
117 Shares

जारी युरोकपमा आज दोस्रो सेमिफाइलन हुँदैछ। जसमा नेदरल्याण्ड्स र इंग्ल्याण्ड भीड्दैछन्। खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजे बर्लिनमा हुनेछ ।

नेदरल्याण्ड्सले टर्कीलाई २–१ ले पराजित गर्दै सेमिफाइनल पुगेको हो भने सेमिफाइलनको यात्रामा इंग्ल्याण्डले भने स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराएको थियो।

इंग्ल्याण्ड उपाधिको मुख्य दाबेदार रहेपनि त्यो अनुसारको प्रदर्शन गर्न सकेको छैन। २०२१ मा घरमै भएको फाइनलमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको इंग्ल्याण्ड लगातार दोस्रो पटक फाइलन पुग्ने दाउमा छ।

पहिलो उपाधिको खोजीमा रहेको इंग्ल्याण्डले नेदरलयन्ड्सलाइृ हराउने हो भने जुड बेलिङहम, ह्यारी केन, फिल फोडेन, बुकायो साका र जोन्स स्टोइन्सको भूमिका महत्वपूर्ण हुनेछ।

सन् १९८८ मा उपाधि जितेको उता नेदरल्याण्ड्सले नेदरल्याण्ड्स २० वर्षपछि युरोमा सेमिफाइनल खेल्दैछ। यसअघि सन् २००० र २००४ मा सेमिफाइनल पुगेको ऊ दुवै पटक पराजित भएको थियो।

उसका लागि कोडी गाक्पो, जाभी सिमोन, मेम्फिस डिपाए, भर्जिल भान डाइकको प्रदर्शन महत्वपूर्ण रहनेछ। प्रतियोगितामा दुवै प्रदर्शन ठीकठाक रहेकाले खेल प्रतिस्पर्धामक रहने अनुमान गर्न सकिन्छ।

मुख्य प्रतियोगिता इंग्ल्याण्ड र नेदरल्याण्ड्स चौथो पटक भिड्न लागेका हुन्। जसमा दुवै समान १ खेल जितेका छन् भने १ खेल बरारबी भएको थियो। सन् १९९० यता भने यी दुई टिम ठूलो प्रतियोगिताम भीडेका छैनन्।

समग्रमा भने यी दुई टिम पटक भीडेका छन्। जसमा नेदल्यान्ड्अघि छ। नेदरल्याण्ड्सले ७ खेल जितेको छ भने इंग्लयाण्ड ६ खेलमा विजयी भएको छ। ९ खेल बराबरीमा सकिएको छ।