टर्कीमाथि नेदरल्यान्ड्सको पुनरागमन जित, सेमिमा इंग्ल्यान्डसँगको भेट पक्का

7 Jul, 2024
Share:
117 Shares

नेदरल्याण्ड्स युरोको सेमिफाइनलमा प्रवेश गरेको छ। बर्लिनस्थित ओलम्पिक स्टेडियममा शनिबार राति भएको खेलमा टर्कीमाथि २–१ पुनरागमन जित निकाल्दै नेदरल्यान्ड्स सेमिफाइनलमा पुगेका हो।

खेलमा अग्रता टर्कीले लियो। उसका समेट अकायडिनको ३५औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।

७० औं मिनेटमा नेदरल्यान्ड्सका स्टेफान डे भरिज बराबरी गोल फर्काएका थिए। त्यसको ६ मिनेटपछि नै नेदरल्यान्ड्सले खेलमा अग्रता लियो। ७६औं मिनेटमा टर्कीका मुलडुरले आत्मघाती गोल गरेका थिए ।

अब नेदरल्यान्ड्सले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।