बराबरीसँगै जर्मनी र स्वीट्जरल्यान्ड नकआउटमा, जितपछि हंगेरीको आशा जिवितै

24 Jun, 2024
Share:
117 Shares

समूहको अन्तिम खेलमा बराबरी खेलेपछि आयोजक जर्मनी र स्वीट्जरल्यान्ड दुवै जारी युरोकपको नकआउट चरणमा प्रवेश गरेका छन्। आइतबार राति भएको दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।

यो बराबरीपछि अघिल्लो २ खेल जितेको जर्मनी समूह एमा ७ अंकसहित शीर्षमा रह्यो। १ जित र २ बराबरी खेलेको स्वीट्जरल्यान्ड दोस्रो बन्यो।

खेलमा अग्रता भने स्वीट्जरल्यान्डले लियो। उसका लागि २८औं मिनेटमा डान एनडोइले गोल गरेका थिए। खेलमा हारतर्फ अग्रसर भइरहेको जर्मनीले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेको थियो। उसका निक्लस फुलक्रुगले गोल गरेका थिए।

यस्तै, यही समूहको अर्को खेलमा हंगेरीले स्कटल्यानडमाथि १–०को जित निकाल्यो। हंगेरीको जितमा दोस्रो हाफको इन्जुरी समयको १०औं मिनोटमा केल्भिन सोबोथले गोल गरेका थिए।

यो जितसँगै ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको उसको नकआउट सम्भावना जिवितै छ। तेस्रो स्थानमा रहने टिमको शीर्ष चारमा रहन सके ऊ नकआउट पुग्ने छ।