गोलकिपर कोस्टाको अविश्वनीय प्रदर्शनमा पोर्चुगल अन्तिम ८मा

2 Jul, 2024
Share:
117 Shares

गोलकिपर डिएगो कोस्टाले अविश्वसनीय प्रदर्शन गरेपछि पोर्चुगल जारी युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा पेनाल्टी सुटआउटमा स्लोभेनियालाई ३–०ले हराउँदै पोर्चुगलले अन्तिम ८मा स्थान बनाएको हो।

जसमा गोलकिपर डिएगो कोस्टाको प्रदर्शन अविश्वसनीय रह्यो। र, उनले युरोप इतिहासमा नयाँ कीर्तिमान पनि बनाए।

निर्धारित समय र थप गरिएको सयममा दुवै टिमबाट गोल नहुँदा खेला पेनाल्टी सुटआउटमा भएको थियो। जसमा कोस्टा नायक बने। उनले स्लोभेनियाका लगातार तीन पेनाल्टी बनाउँदै टिमलाई ३–०को जित दिलाए। उनले तीनै पेनाल्टी उत्कृष्ट डाइभ लगाएर बचाए।

कोस्टा युरोकपमा लगातार तीन पेनाल्टी बचाउने र पेनाल्टी सुटआउटमा गोल नखाने पहिलो गोलकिपर बनेका छन्।

यता, पोर्चुगलका क्रिस्टिायनो रोनाल्डो, ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले सहजै गोल गरेका थिए।

त्यसअघि थप गरिएको समयमा रोनाल्डोले गोलको सुन्दर मौका गुमाए। डिएगो जोटालाई डिबक्समा लगाएपछि १०५औं मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डो गोल गर्न चुकेका थिए। उनको प्रहार स्लोभेनियाको गोलपिकर जान ओब्लाकले रोकेका थिए।

थप गरिएकै समयको अन्त्यतिर पोर्चुगलका गोलकपिर कोस्टाले पनि उत्कृष्ट बचाउ गरे। पेपेको गल्तीमा वान टु वानमा स्लोभेनियाका बेन्जामिन सेस्कोको प्रहार कोस्टाले खुट्टाले रोकेका थिए।

अब पोर्चुगलले क्वार्टरफाइनलमा फ्रान्सको सामाना गर्ने छ।