इंग्ल्यान्ड रोकियो, सर्बिया र स्लोभेनियाले खेले बराबरी

21 Jun, 2024

जर्मनीमा जारी युरोकपमा उपाधि दाबेदार मानिएको इंग्ल्यान्ड बराबरीमा रोकिएको छ। बिहीबार राति फ्र्यांकफर्टमा भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा इंग्ल्यान्ड डेनमार्कसँग १–१ को बराबरीमा रोकिएको हो।

खेलमा १८औं मिनेटमा ह्यारी केनको गोलमा इंग्ल्यान्डले अग्रता लिएको थियो। तर, ३४औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो। उसका मोर्टेन हजुल्मन्डले भिक्टर क्रिस्टिन्सनलको पासमा गोल गरेका थिए।

त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो। समूह सीमा यो बराबरीपछि इंग्ल्यान्ड ४ अंकसहित शीर्ष स्थानमा छ भने लगातार २ बराबरी खेलेको डेनमार्क २ अंकसहित दोस्रो स्थानमा छ।

यही समूहको अर्को खेलमा सर्बिया र स्लोभेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। खेलमा ६९औं जान कार्निकनिकको गोलमा स्लोभेनियाले अग्रता बनायो, तर इन्जुरी समयको पाँचौं मिनेटमा लुका जोभिकले गोल गर्दै सर्बियालाई १ अंक दिलाए।

यो बारबरी पछि दुवै टिमले १ अंक जोडेका छन्। यी दुवै टिमको पनि नकआउट चरण पुग्ने सम्भावना कायमै छ। समूहको अन्तिम खेलमा इंग्ल्यान्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बिय भीड्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]