युरोकप ड्र : स्पेन, इटाली र क्रोएसिया एकै समूहमा, उद्घाटन खेल जर्मनी र स्कटल्यान्डबीच

3 Dec, 2023

सन् २०२४मा जर्मनीमा आयोजना हुने युरोपकको ड्र सार्वजनिक भएको छ। युईएफएले शनिबार राति सर्वाजनिक गरेको ड्र अनुसार ग्रुप बी ग्रुप अफ डेथका रुपमा रहेको छ।

यो समूहमा डिफेन्डिङ च्याम्पियन इटालीसँगै स्पेन, क्रोएसिया र अल्बानिया छन्।

२४ टिम सहभागी हुने प्रतियागिताका २१ टिमको टुंगो लागिसकेको छ भने ३ टिम प्लेफबाट आउने छन्।

सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक जर्मनीसँगै स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्यान्ड छन् भने समूह सीमा गत सिजनको फाइनलिस्ट इंग्ल्यान्ड, स्लोभेनिया, डेनमार्क र सर्बिया छन्।

यस्तै, विश्वकपको फाइनलिस्ट फ्रान्स समूह डीमा परेको छ। यो समूहमा नेदरल्यान्ड्स, अष्ट्रिया छन् भने अर्को टिम प्लेअफबाट आउने छन्। समूह ईमा बेल्जियम, रोमानिया र स्लोभाकिया छन् अर्को टिम प्लेफबाट आउनेछ।

यसैगरी समूह एफमा पोर्चुगल, टर्की, र चेक रिपब्लिकसँगै प्लेअफबाट आउट एउटा टिम रहनेछ।

जुन १४ मा म्युनिखस्थित एलिएन्ज एरेनामा हुने उद्घाटन खेलमा घरेलु टोली जर्मनीले स्कटल्यान्डसँग खेल्ने छ। प्रतियोगिताको फाइनल जुलाई १४मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ।