सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

पेनाल्टीमा स्वीट्जरल्यान्डलाई हराउँदै इंग्ल्यान्डले युरोकपको सेमिफाइनलमा

इंग्ल्यान्ड जारी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलम पुगेको हो।

जर्मनीको डुसेलडर्फमा शनिबार राति भएको खेलमा पेनाल्टीमा इंग्ल्यान्डका कोल पाल्मर, जुड बेलिङहम, बुकायो साका, इभान टोनी र ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले गोल गरेका थिए।

यता, स्वीट्जरल्यान्डका फाबियन सार, जद्रान सकिरी र जेकी एम्डोउनीले गोल गरेका थिए भने म्यानुयल एकान्जीको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए।

त्यसअघि निर्धारित समय र थप गरिएको समयमा खेल १–१को बराबरीमा सकिएको थियो।

खेलम अग्रता भने स्वीट्जरल्यान्डले लिएको थियो। ७५ औं मिनेटमा ब्रिल इम्बोलोको गोल गरेका थिए । तर, साकाले ८०औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काएका थिए।

इंग्लयान्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

1.3Kशेयर