युरोकपमा युक्रेनमाथि रोमानियाकाे सानदार जित

17 Jun, 2024
Share:
117 Shares

युरोकपको पहिलो खेलमै युक्रेन पराजित भएको छ। सोमबार साँझ भएको खेलको खेलमा युक्रेन रोमानियासँग ३–०ले स्तब्ध बनेको हो।

खेलमा रोमानियाले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो। २९ औं मिनेटठमा निकोला स्टान्चुले गोल गर्दै रोमानियालाई अग्रता दिलाए।

त्यसपछि ५३औं मिनेटमा राजवान मारिनले टिमको अग्रता दोब्बर बनाए। ५७औं मिनेटमा डेनिस ड्रागुसले गोल गरेपछि रोमानिया ३–०ले विजयी भयो।

युरोपक इतिहासमै रोमानियाको केवल दोस्रो जित हो। यसअघिका १५ खेलमा १० हार र ५ बराबरी खेलेको थियो।

खेलमा रोमानियालाई पुरै समय दबाबमा राखेपनि युक्रेन गोल गर्न भने असफल भयो। उसले ७२ प्रतिशत बल पोजेशन बनाउँदै १३ सट पैहार गर्दा २ सट फ्रेममा थियो। यता, रोमानियाले ९ सटमध्ये ५ सट फ्रेममा प्रहार गरेको थियो।