सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

युरोपा लिगकाे सेमिफाइनलमा युनाइटेडको सानदार जित, एथ्लेटिक क्लब ३-०ले पराजित

[et_pb_section admin_label=”section”] [et_pb_row admin_label=”row”] [et_pb_column type=”4_4″][et_pb_text admin_label=”Text”]

युरोपा लिगको सेमिफाइनल पहिलो लेगमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ।

बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब एथ्लेटिक क्लबलाई उसकै मैदानमा ३–० ले हरायो। पहिलो लेगमा प्राप्त यो सानदार जितसँगै युनाइटेडको फाइनल पुग्ने सम्भावा बलियो भएको छ।

खेलमा युइनोटेडका लागि कप्तान ब्रुनो फर्नान्डेसले २ गोल गरे भने अर्को गोल कासेमिरोले गरेका थिए।

खेलको ३०औ मिनेटमा कासेमिरोको गोलमा युनाइटेडले सुरुआती अग्रता लियो। उनले ह्यारी म्यागुअरको क्रसमा हेडरमार्फत गोल गरेका थिए।

खेलको पछि परेको पाँच मिनेटपछि एथ्लेटिक क्लब १० खेलाडीका समेटियो। उसका ड्यानियल भिभियनले रास्मस होज्लुन्डलाई डिबक्समा फउल गरेपछि उनले रातो कार्ड पाए भने युनाइटेडले पेनाल्टी पायो। त्यसमा फर्नान्डेसले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए।

खेलको पहिलोकै अन्तिम मिनेटमा फर्नान्डेसले टिमलाई ३–०को अग्रता दिलाए। उनले तेस्रो गोल म्यानुअल उगार्तेको पासमा गरेका थिए। दोस्रो हाफमा थप गोल नहुँदा युनाइटेड ३–०ले विजयी भयो।

युनाइटेड यो सिजन युरोपा लिगमा अपराजित छ, र यो जितले उनको फाइनल यात्रालाई बलियो बनाएको छ। एथ्लेटिक क्लबले भने मे २१ मा आफ्नै मैदानमा हुने फाइनलको अवसर गुमाउन सक्ने जोखिममा छ। अब यी दुई टिमबीचको दोस्रो लेग मे ८ मा म्यानचेस्टरमा हुनेछ, जहाँ युनाइटेडले आफ्नो अग्रता जोगाउन र फाइनलको टिकट सुनिश्चित गर्न प्रयास गर्नेछ।

यस्तै, अर्को सेमिफाइनलमा अर्को इंग्लिस क्लब टोटनहम विजयी भयो। उसले बोडो ग्लिम्टलाई ३–१ले हरायो। खेलमा एट्लेटिकोका ब्रेन्डन जोन्सन, जेम्स माडिन्सन र डोमनिक सोलन्कीले गोल गर्दा ग्लिम्टका उरिक स्टालनेसले गोल गरेका थिए।

[/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]
1.3Kशेयर