युनाइटेडलाई हराउँदै टोटनहमले जित्यो युरोपा लिग

22 May, 2025
Share:
117 Shares

टोटहमले युरोपा लिग उपाधि जितेको छ। बुधबार राति भएको ‘अल इंग्लिस’ फाइनलमा म्यान्चेस्टर युनाइटेडलाई १–०ले हराउँदौ टोटनहमले युरोपा लिग उपाधि जितेको हो।

यो उसको १७ वर्षपछिको मुख्य उपाधि हो भने युरोपा लिगको तेस्रो उपाधि हो। योसँगै टोटनहम च्याम्पियन्स लिगमा पनि छनोट भएको छ। लिगमा भने १७औं स्थानमा छ।

टोटनहमलाई जित दिलाउन ब्रेन्डन जोन्सनले ४२औं मिनेटमा गोल गरे। खेलको १ गोलले पछि परेको युनायटेडले गोल फर्काउने प्रयास गरे पनि तयो सफल हुन सकेन। युनाटेडका केही उत्कृष्ट प्रहारहरु टोटनहमका गोलकिपरले बचाएका थिए।

खेलमा थप गोल नहुँदा टोटनहम विजयी भयो। यो सँगै उसले युनाइटेड माथि यो सिजनका भएका चारै खेलमा जित निकालेको छ।