
युरोपा लिग : इंग्लिस क्लबको सहज जित
युरोपा लिग फुटबमाल इंग्लिस क्लबहरु टोटनह्याम, लेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् । बिहीबार राति भएको खेलमा टोटनह्यामले एलएएसकेलाई ३-०ले हरायो भने लेस्टरले क्लब जोर्यालाई ३-०ले र आर्सनलले रापिड विएनलाई २-१ले हराएको छ ।
घरेलु मैदानमा लुकास मौराले १८औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा आन्द्रेसले आत्मघाती गोल गरेपछि टोटेनहमको अग्रता २-० को बन्यो । ८४औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।
यसैगरी लेष्टर सिटीले युक्रेनी क्लब जोर्यालाई ३-० ले नै पराजित गरेको छ । खेलको २९औं मिनेटमा जेम्स माडीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेष्टर २-० ले अघि रह्यो । ६९ औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई ३-० को जित दिलाए ।
यस्तै बिहीबार राति अष्ट्रियन क्लब रापिड विएनलाई २-१ ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको छ । रापिडको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो ।
खेलको ५१ औं मिनेटमा ट्याक्सीअरचिस फोन्टसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए । ७४ औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।