युरोपा लिगमा टोटनहम र आयाक्स विजयी, रोमा र बिल्बाओले खेले बराबरी

27 Sep, 2024
Share:
117 Shares

इंग्लिस क्लब टोटनहमले युरोपा लिगमा विजयी सुरुआत गरेको छ। बिहीबार राति भएको खेलमा उसले अजरबैजानको क्लब क्वारबाग एफकेलाई ३–०ले हरायो।

घरेलु मैदानमा टोटनहम सातौं मिनेटमै १० खेलाडीमा समेटियो। उसका राडु डारागुसिनले रातो कार्डा पाएका थिए। तर, त्यसको प्रभाव खेलमा परेन। १२औं मिनेटमा ब्रेन्डन जोन्सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

पहिलो हाफ १–०मै सकियो। ५२औं मिनेटमा पेपे माट सारले टिमको अग्रता दोब्बर बनाए। त्यसपछि ६८ औं मिनेटमा डोमिनिक सोलन्केले गोल गरेपछि टोटनहम ३–०ले विजयी भयो।

यस्तै, अर्को खेलमा डच क्लब आयक्सले टर्किस क्लब बेसिक्टासलाई ४–०ले हरायो। आयाक्सका लागि मिका गोट्सले २ गोल गरे भने किअन फिट्ज जिम, र केनिथ टेलरले समान १ गोल गरेका थिए।

यस्तै, अर्को खेलमा इटालिनय क्लब एएस रोमा र स्पेनिस क्लब एट्लेटिको बिल्बाओलो १–१ गोलको बराबरी खेलेका छन्। ३२औं मिनेटमा एर्टम डोवविकको गोलमा रोमाले सुरुआती अग्रता लियो। तर, ८५औं मिनेटमा एइटोर परेरेडेसले गोल गरेपछि खेल १–१को बराबरीमा आयो।