युरोपा लिगको उपाधि कसले जित्ला : युनाइटेड या भिल्लारियल ?

युरोपा लिग फुटबलको उपाधिको छिनोफानो आज राति हँदै छ। आज राति १२ः४५मा पोल्याण्डको पोल्साट एरिनामा हुने फाइनलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियल भिड्दै छन्।

आजको खेल जित्दै दुवै लामो समयदेखिको उपाधिबिहीन यात्रा टुंग्याउने योजनामा छन्। प्रिमियर लिग तथा युरोपको सफल टिममध्येका एक युनाइटेडले पछिल्ला ४ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन । युनाइटेडले ३ च्याम्पियन्स लिगसहित ६ युरोपियन उपाधि जितेको छ ।

यता, भिल्लारियल क्लब पनि २ं००४ यता उपािधबाट वञ्चित हुँदै आएको छ । उसले सन् २००३ र २००४ मा युईएफए इन्टरटोटो कप जितेको थियो। यो उसले अहिलेसम्म जितेको उपाधि हो। युरोपियन प्रतियोगितामा ऊ सेमिफाइलन भन्दा माथि पुग्न सकेको छैन ।

ओलेगोनर सोल्ससायरको प्रशिक्षणमा रहेको युनाइटेडले यो सिजन प्रिमियर लिगमा दोस्रो स्थानमा सकाउँदा उनाइ एमेरीको टिम भिल्लारियल ला लिगामा ७ सातौं स्थानमा रहेको थियो। एमेरी युरोपा लिगका सबैभन्दा सफल प्रशिक्षक हुन्, उनले सर्वाधिक तीन उपाधि जितेका छन्।

आजको फाइलनमा युनाइटेडको टिम ब्रुनो फार्नान्डेस, इडिन्सन काभानी र पाउल पोग्बाको भरमा हुने छ भने भिल्लारियललाई जेरार्ड मोरेनो, पाउ टोरेस र ड्यानी परेजोको साथ छ।

Facebook Comments Box