जोआ फेलिक्स चेल्सी आउने

20 Aug, 2024
Share:
117 Shares

एट्लेटिको मड्रिडका पोर्चुगिल विंगर इंग्लिस क्लब चेल्सी आउने भएका छन्। सन् २०२३मा लोनमा चेल्सीमा खेलेका २४ वर्षीय फेलिक्ल पर्मानेन्ट रुपमा चेल्सी आउन लागेका हुन्।

फेलिक्सले चेल्सीसँग ५ वर्षको सम्झौता गर्ने छन्। थप एकवर्ष सम्भौता लम्ब्याउने सुविधा पनि फेलिक्सलाई हुनेछ।

सन् २०२३मा लोनमा चेल्सी आउँदा फेलिक्स २० खेल खेल्दै ४ गोल गरेका थिए। अघिल्लो सिजन उनले लोनमै बार्सिलोनाबाट खेलेका थिए।

एट्लेटिको एक्लै अभ्यास गरिरहेका फेलिक्स मेडिकल र सम्झौताका लागि लन्डन आएका छन्। उनको ट्रान्सफरको २४ घन्टाभित्रै औपचारिक घोषणा हुने ट्रान्सफर मार्केटका विज्ञ फाब्रिसियो रोमानाले बताएका छन्।

फेलिक्सेको ट्रान्सफरको रकम भने खुलेको छैन। उनी सन् २०१९मा बेन्फिकाबाट १२६ मिलियन युरोमा एट्लेटिको आएका थिए। त्यहाँ उनले १३१ खेल खेल्दै ३४ गोल गरेका छन्।

यस्तै, फेलिक्स चेल्सी आउने भएपछि चेल्सीमा मिडफिल्डर कोर्नर काल्घर एट्लेटिको जाने पक्का भएको छ। यसअघि नै एट्लेटिकोमा मेडिकल गरिसकेका काल्घरले पनि एट्लेटिकोसँग ५ वर्षको सम्झौता गर्ने छ।

अल्घिलो साता नै एट्लेटिको जाने पक्का भएपनि अन्तिम समयमा सामु ओमोरिडिओनको चेल्सीसँगको डिल कोल्याप्स भएपछि गाल्घरको ट्रान्सफर रोकिएको थियो। उनका लागि एट्लेटिकोले ३३ मिलियन युरो खर्चिएको छ।