फिफा वरीयता : नेपाल एक स्थान तल झर्‍यो, ५ वर्षपछि ब्राजिल शीर्ष स्थानमा

Read Time:1 Minute

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १ स्थान तल झर्दै १६८औं स्थानमा आइपुगेको छ।

गत सातामात्र भएको मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग २–०ले पराजित भएपनि नेपालको वरीयता खस्किएको हो।

दक्षिण एसियाको वरीयतामा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १०६ माल्दिभ्स १५६ औं स्थानमा छ । नेपालभन्दा तल रहेका बंगलादेश १८८, भुटान १८७, पाकिस्तान १९७ र श्रीलंका २०५ औं स्थानमा छन् ।

यता, विश्व वरीयतामा ब्राजिल शीर्ष स्थानमा उक्लिएको छ। दक्षिण अमेरिकाको विश्वकप छनोट अपाजित रहेको ब्राजिल यसैसाता मात्र दुई खेलमा समान ४–०को जित निकालेपछि उ ५ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा फर्किएको हो।

यो अन्तर्राष्ट्रिय बे्रकमा एक जित र एक बराबरी खेलेको बेल्जियम लामो समयपछि दोस्रो स्थानमा झरेको छ। यस्तै, फ्रान्स तेस्रो, अर्जेन्टिना चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छन् । यस्तै, लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन नसकेको इटाली छैठौं, स्पेन सातौं, पोर्चुगल आठौंमा रहँदा मेक्सिको नवौं र नेदरल्यान्ड्स १०औं स्थानमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बी डिभिजन लिग : खुमलटारको जित, सरस्वती र नयाँबस्तीले अंक बाँडे
Next post हाइस्कोरिङ म्याचमा चेन्नईमाथि लखनउको जित
Close