साउदीले पायो सन् २०३४ को विश्वकप आयोजनाको जिम्मा

12 Dec, 2024
Share:
117 Shares

सन् २०३४ को फिफा विश्वकप आयोजनाको जिम्मा साउदी अरेबियाले पाएको छ।

२०३४ को विश्वकप आयोजनाको दाबी साउदीले मात्र गरेको थियो। सोही अनुसार फिफाले बुधबार आधिकारिक रुपमा सो विश्वकप साउदीमा हुने घोषणा गरेको हो।

१२ वर्षपछि फिफा विश्वकप खाडी मुलुकमा हुने भएको हो। यसअघि सन् २०२२ को विश्वकप कतारले आयोजना गरेको थियो।

यही संस्करणबाट विश्वकपमा ४८ टोलीको सहभगाी हुनेछ।

विश्वकपमा साउदीका पाँच आयोजक शहरमा हुनेछ। रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रंगशालामा खेल हुनेछ।

९२ हजार दर्शक क्षमता भएको रियादको किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने अनुमान गरिएको छ। खेल हुने १५ रंगशालाहरूमध्ये ४ वटा रंगशालाहरू तयार भइसकेको बताइएको छ।

त्यसैगरी सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन्।