तेस्रो प्याब्सन कपमा ग्यालेक्सी र मोर्डन एरा क्वाटरफाइनलमा

12 Jun, 2024
Share:
117 Shares

तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन्।

विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो।

जितको लागि निर्णायक गोल ग्यालेक्सीका एमडी मासुमले गरे। उनी खेलको प्लेर अफ द म्याच पनि घोषित भए।

सोही दिन भएको दोस्रो खेलमा मोर्डन एरा स्कुलले दपर्ण स्कुललाई ३–० गोलले पराजित गर्यो। जितको लागि मोर्डन एराको तर्फबाट चिरिन्जवि भूजेल, रोसिक राई र अमन माझीले गोल गरे । खेलको प्लेर अफ द म्याच रोसिक राई घोषित भए।

बिहिबार हुने पहिलो खेल एभरेष्ट र ग्रीनल्याण्ड, दोस्रो सनसाईन र पुर्वाञ्चल, तेस्रो सिद्धार्थ र सगरमाथा र चौथो खेल जेम्स र डिपिएस स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए।