राष्ट्रिय फुटबल टिमले असारबाटै प्रशिक्षण थाल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले असार अन्तिम (जुलाई)देखि अभ्यास सुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अगस्तमा हुने विश्वकप छनोटलाई मध्यनजर गर्दै जुलाईबाट प्रशिक्षण थाल्ने निर्णय गरेको हो ।

मंगलवार बसेको कार्यसमितिको आपतकालिन बैठकले विश्वकप छनोट अन्तर्गतका अस्ट्रेलिया, चाइनिज ताइपेइसँगको खेलका लागि जुलाई महिनाबाट अभ्यास सुरु गर्ने निर्णय गरेको हो । त्यसका लागि सम्बन्धित निकायबाट स्वीकृति लिने एन्फाले जनाएको छ ।

‘राष्ट्रिय फुटबल टिमले आगामी सन् २०२० को अक्टोबर ८ देखि नेपालमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिता २०२२को दोश्रो चरणको खेलहरुमा सहभागी हुन आगामी जुलाई महिनाबाट नै प्रशिक्षण गर्ने तयारी छ,’ एन्फाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण गत चैतदेखि राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएको थियो । चैतमै विश्वकप छनोट हुने तय भएपनि कोरोनाकै कारण स्थगित भएको थियो ।

एएफसीले सदस्य राष्ट्रहरुसँग छलफल गरेर अक्टोबर नोभेम्बरमा विश्वकप छनोटका बाँकी खेल गर्ने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *