चाइनिज युवा फुटबलर गुओ जियाक्सुआनको निधन

20 Mar, 2025
Share:
117 Shares

चाइनिज युवा फुटबलर गुओ जियाक्सुआनको निधन भएको छ। २० वर्षीय जियाक्सुआन बुधबार बेलुका बेइजिङस्थित टिआटन अस्पतालमा निधन भएको हो।

उनी गत महिला स्पेपनमा अभ्यासका क्रममा खेलिएको खेलमा घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो।

गत महिना स्पेनको मड्रिडमा भएको बेइजिङको यू२० टिम र त्यहाँको स्थानीय क्लब आरसी अल्कोबेन्डसबीचको खेलका क्रममा जियाक्सुआ गम्भीर घाइत भएका थिए।

उनको मड्रिडको हस्पिटले ब्रेड डेड भएको बताएको थियो। त्यसपछि उनलाई बेइजिङ ल्याएको थियो।

१८ वर्षीय डिफेन्डर जियाक्सुआन चीनका उदीयमान स्टारका रुपमा थिए। उनी सन् २०२३मा जर्मन जायन्ट बायर्न म्युनिख वर्ल्ड स्वाडको हिस्सा थिए।