साउथगेटले दिए इंग्ल्यान्डको प्रशिक्षकबाट राजीनामा

16 Jul, 2024
Share:
117 Shares

ग्यारेथ साउथगेटले इंग्ल्यान्डका मुख्य प्रशिक्षक राजीनामा दिएका छन्। टिमलाई लागतार दुर्इृ युरोकपको फाइनलमा पु¥याए पनि उपाधि दिलाउन असफल भएपछि साउथगेटले राजीनामा दिएका हुन्।

साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्डले सन् २०२० र २०२४मा फाइनल खेलेको थियो। २०२०मा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको इंग्ल्यान्ड आइतबार मात्र सम्पन्न फाइलनमा स्पेनसँग २–१ले पराजित भएको थियो।

राजीनामा दिएपछि उनले इंग्ल्यान्डका लागि खेल्नु र प्रशिक्षक बन्नु सबैभन्दा ठूलो सम्मानको विषय भएको बताएका छन्। अबको समय परिवर्तनको भएको बताउँदै टिम छाडेका छन्।

साउथगेट सन् २०१६ मा इंग्ल्यान्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। इंग्लिस टिमले साउथगेटको प्रशिक्षणमा दुई विश्वकप र दुई युरोपियन च्याम्पिनयसिप खेलिसकेको छ।