हंगेरीमाथि जर्मनीको सानदार जित, हान्यो ५ गोल

8 Sep, 2024
Share:
117 Shares

यूईएफए नेसन्स लिगअन्तर्गतमा जर्मनीले सानदार सुरुआत गरेको छ। शनिबार राति भएको खेलमा खेलमा हंगेरीलाई ५–० को फराकिलो अन्तरले हराउँदै जर्मनीले लिगमा सानदार सुरआत गरेको हो।

घरेलु मैदानान पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा ५ गोल गरेको थियो। उसका लागि निकोलस फुलक्रुग, जमाल मुसियाला, फ्लोरिन विर्ट्ज, अलेजान्डर पाब्लोभिच र काइ हाभर्ट्जले गोल गरे।

२७औं मिनेटमा फुलक्रुगले गोल गर्दै जर्मनीलाई सुरआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो।

दोस्रो हाफमा भने जर्मनी पूर्णरुपमा हावी भयो। ५७औं मिनेटमा मुसियालले जर्मनीको अग्रता दोब्ब बनाउँदा विर्ट्जले ६६औं मिनेटमा गोल गरेपछि जर्मनी सहज जित तर्फ अग्रतसर भयो।

त्यसपछि पाब्लोभिचले ७७औं र हाभार्ट्जले ८१औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि जर्मनीले ५–०को सानदार जित निकाल्यो।

यही समूहको अर्को खेलमा नेदरल्याण्ड्सले बोस्निया एण्ड हजगोविनामाथि ५–२ ले हरायो। नेदरल्याण्ड्सका लागि जोसुअ जिर्कजी, तिजानी रेइजडर्स, कोडी गाक्पो, वाउट वेघोर्स्ट र जाभी सिमोन्सले गोल गरे।