नुयरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

21 Aug, 2024
Share:
117 Shares

पछिल्लो समय एकपछि अर्का जर्मन खेलाडीहरू सन्न्यासको घोषणा गरिरहेका छन्। त्यसमा पछिल्लो नाम हो, भेट्रान गोलकिपर म्यानुअल नुयर।

३८ वर्षीय गोलपिकर नुयरले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।

सन् २००९मा जर्मन टिममा डेब्यू गरेका नुयरले जर्मनीका १२४ खेल खेलेका छन्। उनी जर्मनका टिमका कप्तान समेत हुन्।

सन् २०१४मा ब्राजिलमा भएको विश्वकपमा जर्मनीलाई च्याम्पियन बनाउन नुयरको भूमिका महत्वपूर्ण थियो। उनले अन्तिम पटक जर्मनीका लागि अघिल्लो महिना भएको युरोकपको क्वार्टरफाइनलमा स्पेन विरुद्ध गरेका थिए।

अब उनी जर्मन क्लब बायर्न म्युनिखमा मात्र देखिनेछन्।

युरोकपपछि जर्मनीका टोनी क्रुस, थोमस मुलर र इल्के गुन्डोगानले सन्न्यासको घोषणा गरिसकेका छन्।