सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

केनको ह्याट्रिकमा बायर्नको जित, लेभरकुसनले होफनहाइमलाई हरायो

ह्यारी केनले ह्याट्रिक गरेपछि बुन्डेस लिगामा बार्यनले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा केनको ह्याट्रिक मद्दतमा बायर्नले यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको होल्स्टाइन किललाई ६–१ले हरायो।

खेलमा बायर्नका लागि केनसँगै जमाल मुसियाला र माइकल ओलिसेले पनि गोल गरे। एक गोल भने आत्मघाती भएको थियो किलका अर्मिन गिगोभितले गोल गरेका थिए।

पहिलो मिनेटमै मुसियालाले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। सातौं मिनेटमा केनले टिमको अग्रता दोब्बर बनाए। १३औं मिनेटमा किलका निकोला रेम्बर्गले आफ्नै पोस्टमा गोल गरेपछि बायर्न सहज जित तर्फ अग्रसर भयो।

त्यसपछि ४३औं मिनेटमा केनले गोल गरेपछि पहिलो हाफमा बायर्नले ४–०को अग्रता बनायो। ६५औं मिनेटमा ओलिसेले गोल गर्दै बायर्नलाई ५–०को सहज अवस्थामा ल्याए। ८२औं मिनेटमा गिर्गोभिचले गोल गर्दै किलको अग्रता कम गर्ने प्रयास गरे।

तर, इन्जुरी समयको पहिलो मिनेटमा केन पेनाल्टीमा गोल गर्दै आफ्नो सिजनको पहिलो ह्याटिङ पुरा गरे भने टिमलाई ६–१को फराकिलो जित दिलाए।

यस्तै, अर्को खेलमा बायर लेभरकुसन पनि विजयी भयो । उसले होफनहाइमलाई ४–१ले हरायो।

खेलमा लेभरकुसनका भिक्टर बोनिफेसले २ गोल गरे भने मार्टिन टेरिर र फ्लोरि विर्ट्जले पनि गोल गरे। होफानहाइमका मेर्जिम बेरिसाले गोल गरेका थिए।

1.3Kशेयर