१ सयौं खेलमा केनको गोल, इंग्ल्यान्ड विजयी

11 Sep, 2024

युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड विजयी भएको छ। मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले फिनल्यान्डमाथि २–० को जित निकाल्यो।

इंग्ल्यान्डको जितमा १ सयौं खेल खेरिहेका ह्यारी केनले दुवै गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा केनले गोल गर्दै टिमलाई जित दिलाए। ५७औं मिनेटमा ट्रेन्ठ अलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए। ७६औं मिनेटमा नोनी मडुकेको पासमा केनले नै गोल गरेपछि इंग्लयान्ड २–०ले विजयी भयो।

केनलेसन् २०१५ मा लिथुआनियाविरुद्ध खेल्दै इंग्लिस टिममा डेब्यू गरेका िथए।

यही समूहको अर्को खेलमा ग्रीसले आयरल्याण्डलाई पनि २–०ले नै हरायो। ग्रीकिा लागि फोटिस इओन्डिसले ५०औं र क्रिष्टोस टोजिल्सले ८७औं मिनेटमा गोल गरेका थिए।

जारी प्रतियोगितामा ग्रीक र इंग्ल्याण्ड लगातार २ खेल जित्दै तालिकाको शीर्ष २ स्थानमा छन्। आयरल्याण्ड र फिनल्याण्ड भने अंकविहीन छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]